
अभिनेत्री मनिषा कोइरालाले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् । अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्ष/विपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको एमसीसी सम्बन्धी ट्विटलाई रि–ट्विट गर्दै मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’ यसअघि अभिनेत्री कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा सहितको नेपाली नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई समर्थन गर्दै रि–ट्विट गर्दा भारतीय मिडियाले आलोचना गरेका थिए तर मनिषाको राष्ट्रवादी अभिव्यक्तिको नेपालमा प्रशंसा भएको थियो ।
one should read carefully..in the past we have done blunders..hope we learn from past mistakes..reminds me of the time of tanakpur sandhi.. https://t.co/Zfhj6l552z
— Manisha Koirala (@mkoirala) May 30, 2020