बागमती प्रदेशका सबै सामुदायिक विद्यालयमा स्टाफ नर्स राखिँदै !



बागमती प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत सबै सामुदायिक विद्यालयहरुमा नर्स राख्ने कार्यक्रम सुरुवात गरेको छ । पहिलो चरणमा १३ जिल्लाका १८ स्थानीय तहको २० वटा माध्यमिक विद्यालयमा नर्स राखिएकोमा अब प्रदेशका सबै सामुदायिक विद्यालयमा नर्स राख्न लागिएको हाे । बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालयकाे अनुसार यसै आर्थिक वर्षबाट बागमती प्रदेशका सबै स्थानीय तहहरुमा एक माध्यमिक विद्यालयमा एक नर्सकाे व्यवस्था गरिन लागिएको छ । आगामी आर्थिक वर्ष भित्र बागमती प्रदेशका १३ जिल्लाका सबै सामुदायिक विद्यालयमा स्टाफ नर्सकाे व्यवस्था गरिन लागिएको छ ।

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार