अकस्मात ढाड र पेट दुखेर अस्पताल पुगेकी मिरा कहिल्यै नफर्कने गरी गइन



पोखरा, १६ जेठ । अकस्मात ढाड र पेट दुखेर गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा जँचाउन पुगेकी पोखरा रामकृष्ण टोलकी ३९ वर्षीया मिरा मुल्मीको मृत्यु भएको छ । अस्पताल पुगेपछि मिरालाई चिकित्सकले इन्जेक्सन दिएका थिए । इन्जेक्सन दिएको केही समयमै उनको मृत्यु भएको हो ।

बिहान मर्निङ वाकपछि केही समय ब्याडमिन्टन खेलेको समयमा नै उनलाई पीडा महशुस भएको थियो । मिराका पति प्रदीपले भने, ‘लगत्तै मैले गाडीमा हालेर हस्पिटल पु¥याए तर उनको ज्यान गयो ।’ मिराको मृत्यु भएपछि आफन्तले हस्पिटललाई दोष दिएका छन् । हाल हस्पिटलमा मृतकका आफन्त र हस्पिटल प्रशासनबीच वार्ता भइरहेको छ । मृतककी पति प्रदीप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन् मुल्मी दम्पतिका १ छोरा र १ छोरी छिन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार