एकै दिन थपिए १ सय १४ जना संक्रमित, संक्रमितकाे संख्या ८ सय ८६ पुग्यो !



काठमाडौं, १४ जेठ । नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० संक्रमित थपिएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार