नेपालबिरुद्ध खनिएका भारतीय पत्रकार गोस्वामीलाइ मुद्दा चलाइदै



काठमाडौँ । नेपाल र नेपालीप्रति आक्रामक भइ अफवाह फैल्याइरहेका भारतीय पत्रकार अर्नब गोस्वामीविरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा प्रहरीले मुद्दा चलाउने भएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेबापत अदालतले गोस्वामीविरुद्ध स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको हो ।

मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको गोस्वामीको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो । उनको अपील अदालतले खारेज गरेसँगै महाराष्ट्र प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्न आदेश पाएको हो । गोस्वामीले मुम्बईका लाखौँ सुकुम्बासीविरुद्ध गाली तथा अपशब्द प्रयोग गरेकाले प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । उनले आफ्नो बचाउका लागि दिल्लीस्थित सर्वाेच्च अदालतमा अपील गरेका थिए । अदालतले भिडियो कन्फेरेन्समार्फत उनको अपील खारेज गरेको हो । हेर्नुहोस

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार