विद्यालय खोल्ने विकल्प खोज्दै सरकार !



काठमाडौं, जेठ १२ । लकडाउन लम्बिन सक्ने संकेत देखिएपछि सरकारले सुरक्षितरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य शुरू गरेको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानीय निकायको संस्था नेपाल नगरपालिका महासंघ, प्रदेश सरकारअन्तर्गत समाजिक विकासमन्त्री, सचिवलगायत सँग छलफल शुरू गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधि र महासंघका अधिकारीले सुरक्षतिरूपमा विद्यालय सञ्चालन गर्ने विषयमा संघ सरकारले सहमति दिनुपर्ने जनाएका छन् । मन्त्रालयले अनलाइनमार्फत कुराकानी गर्दा अधिकांश नगरपालिका र गाउँपालिकाले सुरक्षितरूपमा विद्यालय खोल्ने तयारी गरिरहेका छन् । मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन लम्बिँदै गए थोरै विद्यार्थी भएका र गाउँ नै सेल्फ क्वारेन्टाइन जस्तो भएका गाउँका विद्यालय सञ्चालन गर्न सकिने विषयमा छलफल शुरू गरेको जानकारी दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १२ गते सोमवार