भारतीय फ्यानकाे चिन्ता लिँदा यसरी चिप्लिइन वर्षा राउत : ट्राेलकाे सिकार !



नेपाल र भारतबीच उत्पन्न सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले नायिका वर्षा राउत विवादमा मुछिएकी छन् । उनको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् ।’

त्यसपछि वर्षा थप्छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’ वर्षा अहिलेसम्म खासै विवादमा नमुछिएकी नायिका हुन् । तर, यो उनको अभिव्यक्ति भने आलोचित बनेको छ । वर्षाका भारतीय साथी उनीसित रिसाउलान् भनेर नेपाली पत्रकारले सीमाको मुद्दा नउठाउने कुरा त हुँदैन होला । फेरि एउटा सेलिब्रिटी हुनुको नाताले आफ्ना इन्डियन साथीलार्ई पनि यो विषय बुझाउने दायित्व उनको हो । उनले नेपाली र भारतीय पत्रकारले झगडा पारिरहेको भनेर दुवैलाई एउटै डालोमा हालिदिएकी छन् । जबकि नेपाली सञ्चारमाध्यमले तर्कमा उभिएर प्रश्न गरिरहेका छन् भने भारतीय सञ्चारमाध्यले गालीगलौज मात्रै गरिरहेका छन् । उनले मनिषा कोइरालाबाट सिक्नुपर्ने हो,जसले भारतमा आफ्नो ठूलो फ्यान फलोअर्स हुँदा पनि नेपालको पक्षमा आवाज उठाउन डराइनन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार