
टोकियो, ९ जेठ । कोरोना भाइरसको महामारीका कारण सन् २०२१ मा सारिएको टोकियो ओलम्पिक निर्धारित मितिमा हुने नहुने भन्नेमा अन्यौल बढेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाकले २०२१ मा टोकियो ओलम्पिक गर्न नसके स्थगित गर्नुको विकल्प नहुने बताएका छन् ।
टोकियो ओलम्पिक आयोजनाका लागि २०२१ अन्तिम विकल्प भएको र यसलाई बारम्बार स्थगित गर्न नसकिने समेत उनको धारणा छ । तर, अर्को वर्ष सम्म विश्वभर फैलिएको कोरोना भाइरसको कारण टोकियो ओलम्पिक रद्द गर्नुपर्ने बिषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र जापानबीच सहमति भईसकेको छ । तर, अध्यक्ष बाकले हरेक वर्ष सम्पूर्ण विश्वको खेल क्यालेन्डर परिवर्तन गर्न नसकिने प्रष्ट पारेका छन् । साथै सधै खेलाडीहरूलाई अनिश्चितताको स्थितिमा राख्न नसकिने समेत उनको भनाइ छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ १० गते शनिवार