
काठमाडौं: नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेत समावेश गरी नक्सा सार्वजनिक गरिएको छ। नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइएको मन्त्रालय ले बताएको छ । नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक काम कारबाही समेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ ।
नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय मिडिया नेपाल माथि बे’स्सरी खनिएका छन्। विभिन्न क्षेत्रका व्यक्तित्वले यसप्रति आफ्नो धारणा राख्न थालेका छन् । यही विषयमा नेपाली सिने जगतका महानायक राजेश हमाललले पनि लिम्पियाधुरा र कालापानी बारे आफ्नो धारणा फेसबुकमार्फत् राखेका छन् । उनले फेसबुक पेजमा अंग्रेजी भाषामा यसबारे धारणा सार्वजनिक गरेका हुन् । जसको केही अंश यहाँ अनुवाद गरेर हालिएको छः
म विशेषतः आफूलाई राजनीतिमा रुची नभएको मानिसको रुपमा हेर्ने गर्दछु। धेरै वर्ष अघि कलेजमा हुँदा मेरा ‘क्रिटिकल साइन्स’का शिक्षकले भनेको कुरा मलाई अझै पनि राम्रोसँग याद छ–‘जब तिमी कुनै राज्यमा बस्छौ, तिमी राजनीतिबाट टाढा त बस्न सक्छौ तर राजनीति तिमीबाट टाढा बस्न सक्दैन ।’ र यतिका वर्षसम्म मेरो अनुभवले पनि मलाई ठ्याक्कै यस्तै सिकाएको छ ।
नेपालमा अहिले जुन विषयको उठान भइरहेको छ, यो राजनीतिभन्दा पनि माथिको विषय हो । नेपाल र भारतबीचको सीमा विवादलाई म खासमा दुई छिमेकीबीचको गलत बुझाई भन्न चाहन्छु । यो विवाद हो । यो राजनीतिभन्दा माथि छ किनभने यसले हामी सबै माथि प्रभाव पारेको छ । यसले जुनसुकै समुदाय, जाती, वर्ग, राजनीतिक विचार भएकाहरुको भावनामाथि प्रहार गरेको छ ।
यो घटनापछि धेरैजसो नेपालीले आफ्नो गौरवमाथि गम्भीर आघात पुगेको अनुभव गरे । एक स्वतन्त्र, सार्वभौम राष्ट्रको नागरिक हुनुको एउटा बलियो आधार बेस्सरी हल्लिएको छ । अहिलेको यो स्थितीको विकासलाई हेर्ने हो भने, यो पूर्ण रुपमा असह्य र कुनै पनि स्थितीमा मान्य छैन । यो राष्ट्र हो । एउटा यस्तो देश जसलाई हाम्रा पितापूर्खाहरुले सबै पृष्ठभूमि, जाती, धर्मका नेपालीसँग मिलेर आकार दिए ।
म यो भन्दिनँ कि हामीले विगतमा कुनै कमजोरी र सम्झौता गरेनौं । तर विगतमा हामीले जे जति त्याग गरेका छौं, त्यो मात्रै एउटा कारणले गरेका थियौं र त्यो हो स्वतन्त्रता र सार्वभौमसत्ताको कायम र संरक्षण । र अहिले हामीले जसलाई ‘नेपाल’ भनिरहेका छौं त्यो कुनै मूल्य नचुकाई बनेको आकार होइन । तसर्थ, नेपालको भूमि यस्तो हो, जसलाई यो राष्ट्रका जनताले कुनै पनि परिस्थितीमा सम्झौता गर्न तयार छैनन् ।
र यो ठूलो कुरा पनि होइन । भारतले पनि यो कुरा राम्ररी बुझेको छ, ऊ यो भावना सँग वाकिफ छ । नेपालको जनसंख्या पहिलेको जस्तो क’दापी छैन । अहिलेको जनसंख्याले कुनै पनि हालतमा अन्याय सहँदैनन् । तसर्थ यो नेपाल सरकारको मात्र मुद्दा होइन, यसलाई देशका थुप्रै युवाले निकै चासो देखाउँदै अँगालेका छन् । मलाई के अनुभूती भइरहेको छ भने, अहिलेको यो सीमा विवाद निकै लामो समयसम्म रहिरहनेछ ।
दुई छिमेकी राष्ट्र जसको मूल्य मान्यता समान छ, समान संस्कृती र परम्परा छ, उनीहरुबीचको यो ‘डेडलक’ ले दुई देशलाई मात्रै नभई यसले यो क्षेत्रमा अति आवश्यक विकास र शान्तिमा खलल पुर्याउँछ । यसमा कुनै शंका छैन कि भारत एउटा श’क्तिशाली देश हो, भारतको संसारभरी नै इज्जत र सम्मान छ । त्यसकारण यस्तो देशले केही हदसम्मको उदारता देखाउँदै छिमेकी राष्ट्रसँग उपयुक्त व्यवहार गर्नुपर्छ ।
नेपालले आफ्नो जे हो,त्यहि मात्रै मागेको छ, त्योभन्दा बढी खोजेको छैन र कम पनि सहने छैन। नेपाली जनताले भारतसँग स्थायी सौहार्दपूर्ण सम्बन्ध चाहन्छ। भारतीय सरकारले नेपालप्रति आत्मीय व्यवहार देखाएका बेला नेपालीहरुले पनि खुल्ला हृदयले आत्मियता प्रदर्शन गर्ने गरेको छ । मोदी पहिलो पटक भारतीय प्रधानमन्त्रीको रुपमा नेपाल आउँदा नेपाली जनताले उनलाई रकस्टार जस्तो व्यवहार गरे ।
नरेन्द्र मोदीले नेपालको विनाशकारी भूकम्पपछि नाकाबन्दी लगाएको घाउ कम्तीमा पनि यो पीढिका लागि गहिरो घाउ बनेको छ । तसर्थ असामयिक नाकाबन्दी, असन्तुलित सन्धि, समाधान नगरिएको सीमा विवाद र हाम्रा कमजोर नेताहरुको फाइदा उठाइनुले यहाँ को राष्ट्र र जनताबीच रोष पैदा गर्छ । अहिले भारतले लिम्पियाधुरा, लिपुलेकमाथि जुन कदम उठाएको छ, यसले अप्रत्यासित रुपमा विशाल प्रतिक्रिया पाइरहेको छ ।
यो दुबै देशका लागि कुनै पनि अवस्थामा फाइदाजनक छैन । यसको परिणाम दुबै देशका लागि सोचेभन्दा निकै धेरै हानिकारक हुनेछ । हामी नेपाली सीमा वि’वादलाई गलत बुझाईको रुपमा हेर्छौं । हामी भारतबाट हाम्रो आफ्नो भूमि फिर्ता मागि रहेका छौं, सबै ऐतिहासिक दस्तावेजले लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट देखाउँछ । तसर्थ, एउटा राष्ट्र र यो देशको नागरिक भएको नाताले हामीले हाम्रो निकै मिलनसार छिमेकीलाई नम्र भएर इतिहासको पाना र आँकडा हेर्न आग्रह गर्छौं ।
यो मुद्दालाई निष्पक्ष, न्यायपूर्ण, सौहार्दपूर्ण कुटनीतिक ढङ्गबाट सल्टाउन माग गर्छौं किनभने यस्तो विरोधी वातावरण दुबै देशका लागि मात्रै नभई पूरा क्षेत्रका लागि हानिकारक छ । म विश्वस्त छु कि नेपाल–भारतबीचको उतारचढाव युक्त सम्बन्धका बाबजुद भारतले नेपालीलाई खुसी तुल्याउने समाधान निकाल्नेछ । नेपालीले न्याय पाए भन्ने प्रकारले भारतले निर्णय गर्ने कुरामा पनि म आशावादी छु ।