तिनै तहका सरकारले आगामी बजेटमा युवा लक्षित कृषि कार्यक्रमलाई जाेड दिन आवश्यक छ !



विश्व नै यतिबेला कोरोना भाईरस महामारीको त्रासमा छ । महामारीको समयलाई मध्यनजर राख्दै आगामि वर्षको बजेटको तयारीमा जुटेका तिनै तहको सरकारले युवा लक्षित कृषि कार्यक्रमलाई जाेड दिन आवश्यक छ । कृषिमा अनुदान र सहुलियतका कार्यक्रम ल्याउन सके गाउँमा नै युवा जनशक्तिलाई अढ्याउन सकिन्छ । महामारीको कारण भाेलि भाेकमरिकाे समस्या सिर्जना हुनसक्ने खतरा रहेको विज्ञहरूको तर्कलाई मध्यनजर गर्दै कृषिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम ल्याउन सके मात्रै भाेलिकाे संकट सामना गर्न सकिनेछ । संसार नै संकटमा रहेको यश घडीमा संघिय सरकार , प्रदेश सरकार र स्थानिय सरकारका आगामि वर्षको नीति तथा कार्यक्रम र बजेट युवा लक्षित हुनुपर्छ । विदेशमा रहेका लाखौं युवा समेत स्वदेश फर्किने सम्भावना रहेको बेला देशभित्रै रहेका युवालाई देशमै टिकाउने उपाय सरकारले जुराउन सकेमात्रै पनि भाेलि खाद्य संकट कम हुनसक्छ । गाउँमा बाँझो बारी खनजाेत गर्न युवालाई प्राेत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारले पनि ध्यान दिनु आवश्यक छ ।

खाद्यान्न देखि फलफूल र तरकारीमा समेत परनिर्भर हाम्रो देशलाई अब आत्मनिर्भर बनाउने सुनाैलाे अवसरकाे रुपमा काेराेना महामारीलाई लिन सकियो भने यसले दुरगामीरुपमा सामाजिक आर्थिक स्थिति सुधार हुनसक्छ । कृषिलाई आधुनिक प्रविधि उपयोग गरेर व्यवसायीक बनाउने हाे भने पनि लाखौं युवालाई राेजगारि सिर्जना हुनसक्छ । तरकारी खेती , फलफूल खेती , पशुपालन र व्यवसायीक कृषिका विविध पक्षलाई समेटर यसपटकको बजेट आउन जरुरत छ। सधैं अरुको गुलामी गर्न बाध्य लाखौं युवा र तिनको परिवारलाई देशभित्रै बसेर पनि राम्रो आम्दानी गर्ने वातावरण बनाउन सके देशकै आर्थिक हैसियत सुदृढ हुनेछ ।

सरकारले निति तथा कार्यक्रम ल्याउँदा नै ग्रामीण भेगको बाँझो बारी र त्यसलाई उपयोग गर्ने निति ल्याउन जरुरी थियो । अब सरकारले बजेटमा भने यसलाइ समेट्नुकाे विकल्प छैन । हरेक वर्ष व्यापार घाटा उच्च हुनु र यसलाई नियन्त्रण गर्ने एक मात्रै विकल्प कृषि नै हुनुले पनि अब आउने बजेटमा कृषिलाई महत्त्व दिन आवश्यक छ । किसान पेशालाई मर्यादित र व्यवसायीक पेशाकाे रुपमा स्थापित गर्न सकियाे र याे पेशामा शिक्षित दक्ष जनशक्ति आकर्षित गर्न सकियो भने कृषि उत्पादन वृद्धि हुनसक्छ । विषाक्त कृषि उपजकाे प्रयाेगलाइ कम गर्न र अर्गानिक कृषि उपजकाे उत्पादन वृद्धि गर्न पनि देशभित्रै कृषि उत्पादन बढाउन आवश्यक छ । पछिल्लो समय विदेशमा श्रम बेचिरहेकाहरु पनि स्वदेश फर्किएर कृषि उत्पादन प्रति लगाव दिईरहेका बेला सरकारले पनि कृषिलाई महत्त्व दिएर सहुलियत र अनुदानकाेे व्यवस्था थप गर्न सके नेपालमा कृषि क्रान्ति हुनेमा दुईमत छैन । बेलैमा सरकारले यसप्रति ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार