सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर वृद्धकाे मृत्यु



धादिङ, ०८ जेठ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना-४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार