
काठमाडौं | नेकपा (माले)ले सम्पूर्ण नेपाली भूभाग सहितको नक्सा सार्वजनिक भएकोमा खुसि व्यक्त गरेको छ । मालेका महासचिव सिपी मैनालीले बुधबार एक विज्ञप्ति जागरि गर्दै सरकारले जारी गरेको नयाँ नक्सा देशभक्त नेपालीहरुकाे संघर्षकाे उपज भएको बताउनुभएको छ । सिमाना बचाउने अभियानमा लागेका र भूभाग फिर्ता ल्याउन दबाब सिर्जना गर्ने सम्पूर्ण अभियन्ता एवम् देशभक्तहरुलाई मालेले धन्यवाद ज्ञापन गरेको छ । यस्तै मालेले भारतीय हेपाहा प्रवृत्तकाे विरुद्ध सबै सचेत हुनुपर्ने भन्दै मिचिएकाे भूभाग लिजमा दिने जस्ता अभिव्यक्ति सरकारमा संलग्नहरुबाटै आएको भन्दै कडा शब्दमा भत्सर्ना गरेको छ । ६ महिनाअघिदेखि विभिन्न राजनीतिक दलहरूले सरकारलाई नयाँ नक्सा जारी गर्न र नेपाली भुमि फिर्ता ल्याउन दिएको दबाब प्रति सरकार उदासीन भएको कारण अहिलेकाे अवस्था सिर्जना भएको समेत विज्ञप्तिमा भनिएको छ।
भारतीयहरुले १८६० देखि महाकाली नदीको मुहान परिवर्तन गर्ने प्रवञ्च गरेको स्मरण गराउँदै मालेले २०७६ कार्तिक २१ गते नेपाली भूमि माथि भारतले आफ्नो सार्वभौमिकता प्रस्तुत गराएको बताएकाे छ । यस्तै मालेले सरकारलाई नेपाली भुमि फिर्ता ल्याउन पाँचवटा सुझाव दिएको छ ।