बागमतीमा २२० जनाको काेराेना परिक्षण, १४२ काे ‘आरडिटी रिपोर्ट नेगेटिभ’

पिसिआर रिपोर्ट आउन बाँकी !


ललितपुर | बागमती गाउँपालिकामा बुधबार गरिएको काेराेना परिक्षणमा सबैकाे नतिजा ‘नेगेटिभ आएकाे छ । बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले दिएकाे जानकारी अनुसार १४२ जनाकाे र्यापिट टेष्ट प्रविधिमार्फत काेराेना परिक्षण गरिएको हाे । त्यस्तै ७८ जनाकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरिएको छ । पीसीआर प्रविधिबाट परिक्षण गरिएकाहरुकाे भने भने रिपोर्ट आउन बाँकी नै रहेकाे प्रबक्ता तिमल्सिनाले जानकारी दिए ।

काेराेना परिक्षणका लागि गाउँपालिकाकाे वडा नं.३ भट्टेडाँडा र वडा नं. ६ अाश्राङमा स्वाव संकलन गरिएको थियो । बागमती गाउँपालिकाका र ७ वटै वडाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, प्रहरी लगायतकाे पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको गाउँपालिकाका प्रेस संयाेजक दिपक घिमिरे ‘समीर’ ले जानकारी गराए । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालकाे नेतृत्वकाे टाेलिले ललितपुर महानगरपालिका , गाेदावरि नगरपालिका , महालक्ष्मी नगरपालिका, महाकाल गाउँपालिका र काेन्ज्याेसाेम गाउँपालिकामा पिसिआर र आरडीटि विधिबाट काेराेना भाइरस परिक्षण गरिसकेको छ । जसमध्ये महांकाल र काेन्ज्याेसाेमकाे पिसिआर रिपोर्ट सबैकाे नेगेटिभ आएको थियो भने अन्य पालिकाकाे रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार