‘तास खेल्दा र रक्सी खाँदाका साथीलाई जथाभावी पास दिएर सीडीओले कोरोना फैलाए’



राष्ट्रियसभामा नेकपाका सांसद रामनारायण विडारीले कोरोना फैलिनमा सिडिओ पनि दोषी भएको बताएका छन्। उनले भने ‘तास खेल्दाको साथी रक्सी खाँदाको साथी जम्मैलाई पास बाँडिदिएछ अनि त टोलका दुई चार हजार भएका गुण्डाहरू गाडीका पास लिएर हिँड्नी, जनतालाई यत्रो आक्रान्त पार्ने?’ अझै पनि यसतर्फ सरकार संवेदनशील नभएको उनको आरोप छ।

उनले थपे ‘अहिले पनि गृह मन्त्रालयको ध्यान जाओस् पासलाई बढो संवेदनशील भएर विचार गरी त्यो कार्य गरोस्।’ उनले सरकारलाई हाम्रो र अर्काको भनेर नसोची काम गर्न सुझाव दिए।
‘कोही हाम्रा होइनन्, हामी कसैका होइनौं र हामी सत्य र ठीकका र सत्य र ठिक हाम्रो यही नारा सरकारले दिन सकोस्’ उनले भने । बिडारीले एकहजार गाडी नियन्त्रणमा लिएर किसानका तरकारी फलफूल सर्लक्क उठाएर बजार ल्याएर बेच्ने प्रबन्धका लागि सरकारसँग आग्रह गरे ।

‘सरकारले हजारवटा गाडी भाडामा लिएर गाउँमा किसानका तरकारी खरिद गर्ने र उनीहरूलाई मल पुर्‍याउने व्यवस्था गरोस्, किसानको सामान शहरमा ल्याएर बेच्ने काम गरोस् । उता दूध पोख्नु पर्ने, चल्ला मार्नुपर्ने, यता शहरमा कोरोना मिसिएको भारतीय चिवविज खानु पर्ने’ बिडारीले भने, ‘यति गर्दा भारतीय सामान नेपालम आउन रोकिन्छ । आयात घटन सक्छ हामी आत्मनिर्भर बन्छौं । यति काम गर्न सरकारले सक्दैन ?’

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार