कोरोना नियन्त्रणमा खटिने स्थ्यकर्मीहरूको सहयोगार्थ ‘युरोपियन सोलिडारिटी कप’ हुने !



एजेन्सी, ०७ जेठ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले जर्मनी क्लब बार्यन म्युनिखले ‘युरोपियन सोलिडारिटी कप’को आयोजना गर्ने भएको छ । अर्को वर्ष आयोजना हुनेगरी तय गरिएकाे खेलको नाम ‘फुटबल फर हिरोज कप’ घोषणा गरेको छ । युरोपका केही मुलुकमा कोरोनाले अति प्रभाव पारेपछि क्लबले आर्थिक सहायता दिन यो सोलिडारिटी कपको आयोजना गरेको जनाएको छ । बिशेषगरी यहाँबाट संकलित रकम स्पेन र इटलीका अस्पताललाई प्रदान गरिने बताइएको छ ।

सोलिडारिटी कपमा जर्मन क्लब बार्यनसँगै स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन क्लब इन्टर मिलानले पनि सहयोग गर्ने छन् । यो कप अर्को वर्ष आयोजना गरिने घोषणा भए तापनि निश्चित मिति भने तोकिएको छैन । यद्यपि अन्य कुनै फुटबल खेलसँग नजुध्ने समय पारी उपयुक्त बातावरण मिलाएर आयोजना गरिने जनाइएकाे छ । यस खेलमा हरेक टोलीले जर्मनी, स्पेन र इटाली गरी फरक दुई स्थानमा खेल्नुपर्ने छ । रियल म्याड्रिडले बायर्न म्युनिख क्लबविरुद्ध खेल्ने र म्याड्रिडविरुद्ध बायर्न म्युनिख खेल्ने क्लबका सीईओले बताए ।

‘हामी उक्त खेल अवलोकनका लागि हजारौं नर्स र चिकित्सकलाई आमन्त्रण गर्नेछौं, उनीहरुले समाजका लागि उल्लेखनीय कार्य गरिरहेका छन्, हामी यसलाई ध्यानमा राख्न चहान्छौं र भन्छौं, ‘फुटबल फर हिरोज’ -बायर्न म्युनिखका सीइआले भने ।

प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते बुधवार