
ललितपुर | ललितपुर जिल्लामा आज संक्रमित देखिएका व्यक्ति स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखामा कार्यरत डाक्टर रहेको जानकारी प्राप्त भएको छ । मंगलबार ललितपुरका एक २६ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी स्वास्थ्य मन्त्रालय स्राेतले सार्वजनिक गरेसँगै खैलाबैला मच्चिएको थियो । २६ वर्षीय पुरुषले ललितपुरकाे ठेगाना राखेका र उनी डाक्टर भएको खुल्न आएको छ । यससँगै नेपालमा पहिलोपटक डाक्टरलाई काेराेना संक्रमण भएको पुष्टि भएको हाे ।
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार