प्रधानमन्त्री ओलीलाई उभिएर बोल्न गाह्रो भयो



प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उभिएर बोल्दा समस्या देखिएको छ। मंगलबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई उठेर बोल्दा समस्या भएको बताएका हुन्। उनले सभामुख अग्निप्रसाद सापकोटालाई समस्या सुनाएपछि उनलाई अहिले बसेर बोल्ने व्यवस्था मिलाइएको छ।

उनले शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताए । सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले चालेका कदम सफल रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पनि कोरोनाको प्रभावमा केन्द्रीत भएको बताए। उनले कोरोनामुक्त नेपाल निर्माण गर्ने बताए। ‘मानव जातिले कोरोनालाई पराजित गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार