
कुनैपनी सृष्टिको अन्तत बिनास हुन्छ यो ध्रुबसत्य कुरा हो। ब्रह्माण्डमा रहेका सबै परिव्याप्ति र ग्रहहरु ब्ल्याकहोलमा बिलय हुन्छन। हामीले देखिरहेको आकाशगङ्गा कुनै दिन हराउने छ । पृथ्वीपारी हाम्रा आखाले देखेसम्मका सबै ताराहरु र हाम्रो पृथ्वी समेत ब्ल्याकहोलउन्मुख छन। ब्ल्याकहोल उन्मुख हुनुनै मृत्युको बाटो समाउनु हो। ब्रह्माण्डमा दुइटा चिज छन एउटा जीव र अर्को अजिव । सम्भवत जीव पृथ्वीमा मात्रै छ अन्य ग्रहमा जीव भएको आजसम्म कुनै पुष्ठि भएको छैन। पृथ्वी उत्पत्ति हुँदा पानी उत्पत्ति भएको थिएन । हामी बसेको यो पिन्ड कुनैबेला आगोको लाप्का थियो र कालान्तरमा यो सेलाउदै जादा र चिसिदै जादा त्यसबाट उत्पन्न भएको बाफनै बादल भएको र बादलबाट नै महासमुन्द्र बनेको कुरा बिज्ञानले प्रमाणित गरेको छ।
पानी उत्पत्ति भएको लाखौ बर्षपछि समुन्द्र सतहमा एक कोषिय जीव उत्पत्ती भयो। आजको मानव जीवन त्यही एक कोषिय जीव परिवर्तनको कारण हो। पानी उत्पत्ति सगै जीवन उत्पत्ति भएको होइन। जीव उत्पत्ती हुनलाई समुन्द्र भित्र अनन्त क्रियाप्रतिक्रिया भए । मानव जीवनको आदिय श्रोत नै पानी हो । त्यसैले भनिन्छ पानी नै जीवन हो भनेर। पृथ्वीमा जब जीव उत्पत्ति भयो जीवनसगै उस्ले मृत्यु पनि बोकेर आयो किनभने पदार्थको नस्ट हुन्छ भने जीवनको पनि नस्ट हुन्छ। यसरी जीवनसग मृत्युु पनि सगै आयो। यो दैवीय चक्रको कालान्तरसगै पृथ्वीमा एक मात्रै जीव होइन अनन्त जीव उत्पन्न हुँदै गए। र मानिस पनि अनेकौं जीवन सृष्टि मध्यको एक जीवन हो।
पहिला पृथ्वी अनि पानी अनि जीवन र जीवन सगै जीवनको क्षयिकरण अर्थात जीवको मृत्यु सुरु भयो। जीव अर्थात जीवनको मृत्यु हुँदा जीवले धारण गरेको शरीर भित्र अनेक रोग जिम्मेवार हुन्छन् । रोग भनेको जीवले धारणा गरेको शरीर भित्र अर्को सुक्ष्म जीव सुरु हुनु हो। मानिस सबै रोगले मर्दछन । रोग लाग्नु भनेको हाम्रो स्वस्थ शरीर भित्र अर्को सुक्ष्म जीवले शरीर धारण गर्नु हो र तिन्ले हाम्रो शरिरलाई आफ्नो बासस्थान बनाउनु हो । जब तिन्ले हाम्रो शरीर खान थाल्छन अनि हामीमा बिमार सुरु हुन्छ । क्यान्सर क्ष्ययरोग रुघाखोकी जतिपनी मानव शरीर भित्र लाग्ने रोगहरु छन ती सबै अन्तत शरीर भित्र अर्को जीवको प्रवेश वा उत्पत्ति हो। जीवले जीवलाइ नै खान्छ। जीवले जीवलाई नै खाने प्रक्रिया वा अभ्यास हिजो समुन्द्रबाट नै सुरु भएको हो । समुन्द्र भित्र त्यही अभ्यास अहिले पनि कायम नै छ । समुन्द्रबाट सतहमा उभिन सफल भएको जीव ( जीवन ) मानिसलाई पनि कालन्तरमा त्यही समुन्द्र भित्रकै जस्तो अभ्यासले छोडेन। यो चराचर जगतको आदिम घर समुन्द्र हो। समुन्द्र भित्र जे चल्छ सतहमा पनि त्यही चल्छ ।
जीवले जीवनलाई नै सिध्याउने वा समाप्त पार्ने क्रिया मृत्यु हो। पृथ्वीमा मानव सभ्यता सुरु भैसकेपछी कति खरब मानिस यहाँ मरे होलान्? हामी अनुमान लगाउन सक्तैनौ। कति खरब मानिसले पृथ्वीमा आफ्नो जीवन भोग गरि पृथ्वीबाट बिदा भए होलान् ? हरेक जीव वा अजिव तत्वको आ आफ्नै जीवन सर्कल हुन्छ अर्थात मिति हुन्छ । त्यस्को निश्चित मिति सकिए पछि त्यस्ले आफ्नो रुप परिवर्तन गर्छ। जीव वा अजीव आखिर त्यो पदार्थ नै हो अन्ततः । जति जन्मन्छन त्यति मर्छन। आधुनिक औसधि बिज्ञानले मानिसको आयु लम्ब्याउने प्रक्रियालाई सक्रिय बनाइ रहेछ। जन्मिने प्रक्रिया छिटो र मर्ने प्रक्रिया ढिलो बनाइएका कारण पृथ्वीको प्राकृतिक क्रियामा वा संरचनामा बिचलन आइरहेको छ । यस्को प्रत्येक्ष असर वायुमण्डलमा बढ्दै गइरहेको पोलुसन र त्यसबाट जीवन जगतमा आइरहेका नयाँ नयाँ भाइरसको उत्पत्ति ।
अहिलेको कोरोना जन्माउन वा यो भन्दा अगाडि देखिएको सार्स वा त्यो भन्दा अगाडि देखिएका सरुवा रोगका बिभिन्नखालका भाइरस जन्माउने श्रेय पृथ्वीका मानिसलाई नै जान्छ । अनेकौं भाइरस र रोगका सुक्ष्मतम जीवाणुहरु जन्मिन्छन र भविस्यमा अझै यी भन्दा धेरै बलशाली सुक्ष्माणु जन्मिनेछन त्यसलाई परास्त गर्न मानवभित्र रहेको रोग प्रतिरक्षात्मक जीवाणु बलियो बनाउदै जानू जरुरी छ । हाम्रा खानपिन र हाम्रा चरित्रले आगत जिन्दगीको यात्रा तय गर्ने हुनाले हरेक आउने बिपत्ति र बिश्वब्यापी भाइरलसग युद्ध गर्नका लागि हामी भित्र नै रोग प्रतिरोधात्मक क्षमता बढाउनुको विकल्प छैन।
अहिले पृथ्वीमा देखा परेको अतिसुक्ष्मातित कोरोना भाइरस एक प्रकारको जैविक हतियार नै हो। र अहिले यस्का विरुद्ध तेस्रो बिश्वयुद्ध झेलिरहेका छन बिश्व मानव समुदायले । दोस्रो बिश्व युद्द्मा मानव समुदायको समुच्च बिनास देखेका महान बैज्ञानिक अलबर्ट आइस्टाइनलाई एकजना पत्रकारले सोधेका थिए कि अब तेस्रो बिश्वयुद्ध हुँदा कस्तो प्रकारको हातहतियार प्रयोग होला भनेर । उत्तरमा आइस्टानले भनेका थिएन ” तेस्रो बिश्वयुद्धमा कुनै हातहतियार चलाइने छैन तर मानव मात्रले ठुलो क्षति बेहोर्ने छ”
कुनै हातहतियारको उठान बिनानै मानव समुदायको ठुलो जमात दिनानुदिन ढलिरहेको छ अहिले । र आइस्टानको भविस्यवाणि यतिबेला मिलिरहेको हामीले अनुभुत गरिरहेका छौ ।
हिन्दूमात्रको महत्त्वपूर्ण धर्मग्रन्थ महाभारतमा एउटा प्रसङ्ग छ ।
आफ्नो आठाै पुत्रलाई पनि मार्न लागेको दृश्यले पत्नी गङ्गासग पागल बनेका महराज सन्तनुले भने -“प्रीय गङ्गा तिमीले मेरा सातवटा सन्तान सम्म मार्दा म केही बोलिन तर अब अति भयो तिमी आमा भएर कसरी आफ्ना सबै सन्तानलाइ मारिरहेकी छ्यौ तिमी कस्ती आमा हौ ? के आमाको हिर्दय यस्तै कठाेर हुन्छ ? म यो आठाै पुत्रलाइ कदापि मार्न दिन्न” भन्दा बाचा गरेर बिहे गरेकी सन्तनु पत्नी गङ्गालाइ आफ्नो पतिको वचन नमिठाे लाग्यो र अतीतमा गरेको बाचा भुल्नु भयो भन्दै आठाै सन्तान नमारिकनै त्यसलाई धरतीमै छोडेर उनी स्वर्ग गइन । आमाको हातबाट बाचेका ती महान पुत्र थिए गङ्गापुत्र भीष्म । पत्नीसगको वियोगान्त बाट घाइते बनेका महाराज सन्तनुले एकदिन भिस्मसग एउटा प्रस्ताव ल्याए – कि बाबू तिम्री माता गङ्गासगको बिछोड सहन नसकेर म पागल जस्तै भएको छु मैले एउटाि कन्या मन पराउछु ती कन्याले मसग बिहे गर्नका लागि एउटा शर्त राखेकी छिन कि उनबाट जन्मेको सन्तानलाई मात्रै राज्य उत्तराधिकारी बनाउनुपर्छ।
भिस्मलाइ आफ्नु बाबु प्रती असाध्य माया थियो उनले त्यो कुरा स्वीकार गरे र आफ्ना पितालाइ दोस्री आमा ( सत्यवती ) सग बिहे गराइदिए र आफू आजिवन बिहे नै नगरि राज्य उत्तराधिकारी पद समेत त्याग गरे । अन्तत यी विविध प्रपन्चहरु र धोखाधडिहरु महाभारत युद्धका लागि बेस बन्दै गएको थियो। सत्यवान भीष्म कति महान थिए कि आफ्नो खुसी मारेर अरुको खुसीका लागि आफ्नो सुख र यशस्वीतालाइ समेत बलि दिएका थिए। तर पछि त्यही कुलमा थुप्रै कुपात्रहरु जन्मिए कौरवसेनाहरु अहिलेको कोरोना जस्तै र सखाप भयो एउटा इतिहास पृथ्वीको गर्तमा बिलय भयो। मानव इतिहासमा यस्ता थुप्रै थुप्रै असहज परिस्थितिहरु आए ,आउछन र मानव सभ्यतालाई नै बगाएर लैजान्छ। त्यतिबेला मानव यति निरीह बन्छ कि आफैले बनाएको यो वैभवतालाइ परिस्थितिको भेलले बगाउँदा उ टुलुटुलु हेरिरहनुको विकल्प देख्दैन। सधैं बिजय पाइदैन हारलाइ पनि स्वीकार्नु पर्छ भन्ने शिक्षा विभिन्न युगले मानिसलाई सिकाउदै आएको हो तर मान्छे मात्रै यस्तो जीवन हो जो हार स्वेच्छाले स्वीकार गर्न मान्दैन । र परिस्थितिले नै उसलाई झुक्न सिकाउछ।
कोरोनाको कारण बिश्व मानव सभ्यतामाथी यतिबेला ग्रहण लागिरहेको छ । हुनसक्छ यो कोरोना भाइरस मानव निर्मित जैविक हतियार हो । दुई बिश्व शक्तिशाली रास्ट्रहरु चीन र अमेरिकाको इगोको कारण यो बिश्वभर फैलिरहेको छ । वास्तवमा कोरोनालाइ हामीले मृत भाइरस भनिरहेका छौ । वास्तमा मानव निर्मित ( अप्राकृतिक) बस्तु मात्रै अजिव हुन्छ अर्थात उसमा श्वास हुदैन । मानिस प्रगतिको त्यो धुरिमा पुग्यो जो एक ग्रह बाट अर्को ग्रहमा समेत पुग्यो तर उस्ले जिवित जीवको निर्माण गर्न सकेको छौन। उस्ले निर्माण गर्ने जीवहिन बस्तु मात्रै हो । त्यसैले यहाँ सन्खा गर्नुपर्ने कुरा यो छ कि के कोरोना भाइरस मान्छे द्वारा नै निर्मित एक जैविक हतियारको प्रोटिन अणु त होइन ? जो मानिस भित्र छिरेपछि यस्ले आफ्नो आनुवंशिक कोड नै परिवर्तन गर्छ। मानिसहरूको शारीरिक आद्रता पाएपछी यो आफै बिछेद हुने र फैलिने। एक रुप बाट अर्को रूपमा परिवर्तन हुने कुनै पनि अप्राकृतिक बस्तुको गुण हुन्छ। जस्तो फलाममा खिया पर्नु काठ मक्किनु या कुनै बस्तु कुहिनु । कालान्तरमा यो बिछेद हुन्छ तर मानव शरीर भित्र यस्ले रुप परिवर्तन गर्दा यो जीव जस्तै लाग्छ।
कोरोनाको औसधि नहुनुको कारण यो पनि हो कि यो मृत भाइरस हो जस्लाइ कुनै एन्टिबायोटिकले मार्न सकिँदैन। हामीसग भएको रोगप्रतिसोधात्मक क्षमताले नै यस्को मृत चक्रलाइ अवशेषन गर्नी हो । जस्को रोगप्रतिसोधात्मक क्षमता कमि छ उसलाई यस्ले दुख दिन्छ । भाइरस प्रोटिनको आवरणलाई जति छिटो विघटन गरियो त्यतिनै यो बाट मुक्ती मिल्छ । हाम्रो गाउँघरमा प्रायः उच्च भुभागमा पाइने काउसो प्रजातिको एउटा बनस्पति हुन्छ । काउसो फुल्छ र यसबाट कोसा जस्तो फल लाग्छ । काउसोको कोसा लगभग पाँच इन्च जतिको लामो हुन्छ । जब यो कोसा छिप्पिदै जान्छ यस्ले आफ्नो बाहिरी सतहलाइ लाखौ कणको आवरणले छोप्छ। यस्को बाहिरी आवरणलाई मानिसले छोयो भने त्यस्को लाखौ झुस ( सुक्ष्म कण ) मानिसमा सर्छ र शरीर चिलाउन थाल्छ। अझ शरीरको कुनै भित्री भाग कान, नाकको प्वाल ,काखी, तिघ्राको काछ, वा आँखा भित्र यो काउसोको कणले छिर्न पायो भने यस्ले आफै रुप परिवर्तन गर्छ र धेरै चिलाउछ र मानव शरीरमा घाउनै बनाउछ। काउसोको मृत कण र कोरोनाको मृत कण एक आर्कोसगको कार्य मिल्दोजुल्दो छ। काउसोको झुसले आफ्नो रुप परिवर्तन गर्दा वा त्यस भित्र रहेको आनुवंशिक कणले रुप परिवर्तन गर्दा मानिसलाई चिलाएको हो। अझ छालाको सतह भित्र छिर्न पायो वा आद्रता भएको स्थानमा प्रवेश पायो भने अझै यस्ले आफ्नो रौद्र रुप देखाउछ।
कणहरुको सघनता बिच्छेद हुदा त्यसबाट उत्पन्न हुने रासायनिक प्रतिक्रिया ( मानव कोष ) सगका कारण यो चिलाएको चर्र्याएको दुखेको अनुभुती हुने हो । कोरोना मृत कण हो । यो यति सुक्ष्म छ कि हावामा तैरिन सक्छ सजिलोसँग फैलिन सक्छ । यदि कोरोना भाइरस जिवितको रूपमा अस्तित्वमा आएको भए यस्लाइ सजिलोसँग एन्टिबायोटिकबाट निर्मुल पार्न सकिन्थ्यो तर दुर्भाग्यवश यो निर्जीव छ । यस्को चेनलाइ बिछेद गर्न सकियो भने मात्रै यसबाट मुक्ति मिल्छ । तर मानव स्वभावका कारण यस्को सघनतालाई यति सहजै टुक्राटुक्रा गर्न सकिदैन किनभने मानिस सामाजिक र घुमन्ते प्राणि हो । हुवे प्रान्तमा उठेको कोरोनाको मृत कण आज युरोप हुँदै अमेरिका फैलिएको छ । यो आफैमा चन्चल छैन तर मानवले मात्र यसलाई चलायमान बनाइदियो। यदि मानवले आफ्नो आदतमा परिवर्तन ल्याउन सकेन भने उस्को सभ्यता उस्को अनमोल जीवनको व्यापक क्ष्यती हुने निश्चित छ र अन्तत कोरोनाले मानव सभ्यताको सुनौलो बर्तमानलाइ पखालेर लाने छ । त्यसैले मान्छे आफै सतर्क र होशियार हुनु जरुरी छ यदि यसबाट आफू बच्ने र अरुलाइ बचाउने हो भने ।