१३ औं सागका पदकधारी प्रशिक्षकले झण्डै ५ महिनापछि पाए नगद पुरस्कार



काठमाडौं, ५ जेठ । घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदकधारी प्रशिक्षकले झण्डै पाँच महिनापछि नगद पुरस्कार प्राप्त गरेका छन् । विभिन्न खेल स्पर्धामा पदक जिताउने मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षकको पुरस्कार रकम सम्बन्धित ब्यक्तिको खातामा राखिदिएको पठाएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, सहायक प्रशिक्षकले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । मन्त्रालय अनुसार पदक विजेता ६८ जना प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई १ करोड ८६ लाख रुपैयाँ सम्बन्धितको खातामा राखिएको हो । केही प्रशिक्षकले अझै पुरस्कार रकम भने पाउनै बाँकी रहेको छ । पुरस्कार प्राप्त गर्न बाँकी रहेका प्रशिक्षक तथा सहायक प्रशिक्षकले भने कुनै पेश्की वा सरकारी बाँकी नरहेको व्यहोराको पत्र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बाट आएपछि रकम भुक्तानी गरिने मन्त्रालयले जनाएको छ । यस अघि सागका पदकधारी ४ सय ३५ खेलाडीलाई पुरस्कार वापतको १९ करोड ५३ लाख रुपैयाँ बैंक खातामा राखिदिएको छ । सागमा नेपालले ५१ स्वर्णसहित कूल २ सय ७ पदक जितेको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार