काठमाडौं । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बाँकेमा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । र, संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला छन् ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरुको स्थायी ठेगाना र हालको ठेगानामा कन्ट्याक ट्रेसिङ सुरु गरिसकिएको उनले बताए ।
के हो त कोरोना भाइरस ?
कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य अन्तर्गत पर्दछ । सर्वप्रथम सन् २००३ मा देखिएको एसएआरएस र कोरोना एउटै समूहका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भिर बनाउन सक्छन् ।
काेराेना भाइरस संक्रमणका लक्षण
– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
कसरी हुन्छ संक्रमण ?
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ । भाइरसको संक्रमण भएको समयमा मिर्गौलाले काम गर्न छोड्ने हुनाले मानिसको मृत्यु हुनेगर्छ । हालसम्म यस भाइरसको संक्रमणबाट लाग्ने रोगको उपचारको पत्ता लागेको छैन । भाइरसबाट संक्रमित बिरामीलाई देखा परेको लक्षणको आधारमा उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउँछ । यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन ।
कसरी बच्ने ?
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने