कोरोनाले मृत्यु भएकी महिलाको नवजात शिशुसहित परिवारका सबै सदस्यकाे रिपोर्ट नेगेटिभ



काठमाडौं, ०५ जेठ । कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाकाे नवजात शिशुसहित परिवारका सबै सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको छ । काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक सुत्केरीको परिवारका ५ सदस्यकै रिपोर्ट नेगेटिभ आएको हो ।

अस्पताल स्रोतका अनुसार १२ दिनका नबजात शिशु, मृतकका श्रीमानसहित परिवारका अन्य पाँच जनाकै कारोना परीक्षण गरिएको थियो । जसबाट सबैमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर डिस्चार्ज भएकी ती महिला स्वासप्रस्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । उनको बिहीबार मृत्यु भएको थियो । सुत्केरी भएको ९ दिनमा मृत्यु भएकी उनको परीक्षणका क्रममा शनिबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार