जर्मन बुन्डेसलिगा : बर्लीनबिरुद्ध वायर्न म्युनिखको सहज जीत, मैन्ज र क्लोनले खेले बराबरी



काठमाडौं, ०५ जेठ । कोरोनाको महामारीबीच शनिबारबाट सुरु भएको बुन्डेसलिगा फुटबलको दोस्रो दिनको खेलमा वायर्न म्युनिखले युनियन बिजयी भएको छ । बर्लीनलाई २-० गोलले पराजित गर्दै वायर्न म्युनिख बिजयी भएको हो । जीतसँगै वायर्न म्युनिखले शीर्ष स्थान कायमै राखेको छ । जीतका लागि रोबर्टो लेवान्डोस्की र बेन्जामिन पाभर्डले गोल गरेका थिए । जारी खेलमा वायर्नको २६ खेलबाट ५८ अंक रहेको भएको छ ।

त्यस्तैगरी दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५४ अंक रहेको छ । गएराति पराजित भएको बर्लीन भने ३० अंकका साथ १२ औं स्थानमा रहेको छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा मैन्ज र क्लोनले २(२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते सोमवार