तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ –ग्यारी एलन



प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ८ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । अरुको प्रगति देखेर आफ्नो पनि प्रगति होस् भन्ने चाहना राख्नु सामान्य हो । तर, अरुको प्रगति देखेर हामीले ईर्ष्या गर्न थाल्यौं भने हाम्रो आफ्नो सोंच्न सक्ने क्षमता, सिर्जनात्मक क्षमता कम हुँदै जान्छ, समय यत्तिकै बर्बाद हुन्छ र हामी धेरै पछाडी धकेलिन्छौं ।

यसकारण अरुको ईर्ष्या नगर्नुस्

१. ईर्ष्या भनेको दिमागका लागि क्यान्सर जस्तै घातक हो । –बि.सी. फोब्र्स
२. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । – ओलिभर स्टोन
३. ईर्ष्या भनेको मुस्कुराइरहेका शत्रुहरुका बीचमा आफू एक्लो महसुस गर्नु जस्तै हो । –एलिजावेद ब्वेन
४. ईर्ष्या भनेको समयको बर्बादी हो । तिमीले अरुको ईर्ष्या गरेर मन जलाइरहेका हुन्छौं, अरुले मस्तसँग जीवनको मज्जा लिइरहेका हुन्छन् । –जोय बेहर
५. ईर्ष्याले निम्त्याउने असरलाई नजरअन्दाज नगर । ईर्ष्याले सिध्याउँछ । –ओलिभर स्टोन

६. आफूले जीवनमा केही गर्न सक्दिन कि भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
७. रोगले भन्दा धेरै व्यक्तिहरु अरुको ईर्ष्याले मरिरहेका हुन्छन् । –जोसेफ पी, केन्नेडी
८. अरुको ईर्ष्या गर्नु भनेको आफैंलाई सास्ती दिनु हो । –विलियम पेन
९. आफूले जीवनमा केही गर्न सक्दिन की भन्ने मानिसहरुले मात्र अरुको जीवनको उज्यालो देखेर ईर्ष्या गर्छन् । –श्यानन एल. एल्डर
१०. तिमी चन्द्रमा बन्यौ भने पनि ताराहरु देखेर तिमीलाई ईर्ष्या लाग्न सक्छ । –ग्यारी एलन

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार