काेराेना निकाे हुन्छ भन्दै प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई सांसदले मह उपहार दिएपछि ! हेर्नुस् भिडियो !



काठमाडौं । मुस्ताङका सांसद प्रेम प्रसाद तुलाचनले कोरोना भाइरस नियन्त्रण गर्नका लागि प्रधानमन्त्री केपी शर्माओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हिमाली मह दिएको खुलासा गरेका छन् । आइतबार प्रतिनिधिसभामा सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद तुलाचनले यसबारे जानकारी दिएका हुन् ।

गत बैशाख २६ गते धर्मगुरुको आग्रहअनुसार हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने महबाट कोरोना भाइरस रोक्न सकिने भन्दै परीक्षणका लागि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई मह दिएको जानकारी गराएका हुन् । उनले भने– ‘नेपालमा कोभिड–१९ बाट कोही प्रभावित छ भने माननीय ज्यू उसलाई हिमाली मह सेवन गराउनुस् भनेर मलाई धर्मगूरुबाट सुझाव आएको छ र त्यसअनुसार मैले प्रधानमन्त्रीज्यूलाई लिखित रुपमा र स्वास्थ्यमन्त्री ज्यूलाई बोधार्थ रुपमा मह परीक्षणका लागि दिएको पनि जानकारी गराउन चाहन्छु ।

यदि पोजिटिभ रिजल्ट आएको खण्डमा नेपाल लगायत विश्वमा प्राकृतिक महले विश्वबजार ढाक्नेछ र संक्रमितहरु बच्नेछन् ।’यस्तै उनले जडिबुटी प्रशोधन केन्द्र खोलेर कोरोना रोक्ने काम गर्न आग्रह गरेका छन् । यस्तै चीनसँगको कोरोला नाका सुचारु गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार