
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अनुत्पादक बन्दै गएको प्रादेशिक संरचना खारेज गरी कोरोना समस्या समाधानका लागि बजेट केन्द्रित गर्न माग गरेकी छिन् । आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि आइतवार संशोधन प्रस्ताव राख्दै सांसद पौडेलले संघीयता खारेज गर्दै तत्काल संविधान संशोधन गर्न माग गरेकी हुन् ।
‘प्रादेशिक संरचना जुन अनुत्पादक छ, ठूलो परिमाणमा धनराशी खारेज भएको छ । संघीयता खारेज गरी कोरोना समस्या समाधानका लागि प्रयोग गर्न तत्काल संघीयता खारेज गर्दै संविधानमा तत्काल संशोधन गर्न माग गर्दछु,’ सांसद पौडेलले भनिन् । सरकारका नीति तथा कार्यक्रममाथि आइतवारदेखि संसद्मा छलफल शुरू भएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार