
काठमाडौं, ०४ जेठ । कोरोना भाइरसको महामारीका कारण रोकिएकको बुण्डेस लिगा फुटबल गएरातिबाट सुरु भएको हो । २ महिनाभन्दा धेरै दिनअघिबाट स्थगित भएको जर्मनको बुण्डेस लिगा बन्द रंगशालामा खेलाइएको थियो । रंगशालामा खेलाडीर खुलकुद पदाधिकारी बाहेक कसैलाई प्रवेश गर्न दिएको थिएन । राति भएको पहिलो खेलमा बोरुसिया डर्टमुण्डले एफसी शाल्केलाई ४- ले पराजित गरेको छ ।
जितसँगै दोस्रो स्थानको बोरुसियाले २६ खेलबाट ५४ अंक जोडेको छ । त्यस्तै उभन्दा एक खेल कम खेलेको बार्यन म्युनिक ५५ अंकसहित शीर्ष स्थानमा छ । त्यस्तैगरी शनिबार राति नै भएको खेलमा बोरुसिया मोन्च्याङ्ग ग्लाडवाचले फ्र्यांकफर्टलाई ३-१, हेर्था बर्लिनले होफेनहेमलाई ३-० तथा वुल्फबर्गले अगस्बर्गलाई २-१ ले पराजित गरेको छ । त्यस्तै राबी लेइप्जिग र फ्रेइबर्गले १–१ तथा डुसेलडोर्फ र पाडेर्बनले गोलरहित बराबरी खेलेका छन् ।