गीत गाएर रुवाउने बद्री पंगेनी डाँकाे छाेडी पहिलो चोटि आफै रोए



चर्चित लोकदोहोरी गायक हुन्, बद्री पंगेनी । ५ दर्जनबढी गीत गाएका पंगेनीका ‘तानसेन कसौली’, ‘पीएन क्यापस’, ‘ब्युटी नम्वर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’लगायतका धेरै चर्चित छन् । पंगेनी गायनमा सर्वत्र चिनिन सफल गीत भने ‘सुसुरालीमा’ एल्बमको ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ हो । यो गीतपछि उनले गायनमा पछाडि फर्केर हेर्नु परेन । पाल्पाको रामपुरमा जन्मिएका पंगेनीले २०५५ मा ‘तानसेन खस्यौली’ बोलको गीतबाट आधिकारिक गायन सुरु गरेका थिए । गायन संघर्षको समय ६ वर्ष दोहोरी साँझमा समेत काम गरेका पंगेनी लोक तथा दोहोरी गीत प्रतिष्ठान निवर्तमान अध्यक्षसमेत हुन् ।

प्रतिष्ठानका लागि जग्गा किन्नेदेखि घर निर्माण गर्नेसम्ममा उनको महत्त्वपूर्ण भूमिका रहेको छ । नेकपा निकटका पंगेनीले ‘सही पनि एमाले, मै पनि एमाले’बोलको चुनावी गीत समेत बनाएका थिए । लोक गीतसंगीतले लामो फड्को मार्दा पनि यसमा लाग्ने स्रष्टाहरुको आर्थिक अवस्था अझै सुध्रन नसकेकोमा चिन्तित पंगेनीका जीवनका पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरिएको छ ।

लोकगायनमा २१ वर्ष
पंगेनी लोकगायनमा व्यवसायिक रुपमा लागेको नै २१ वर्ष भयो । लोकगीत सानैदेखि गाउने उनको पहिलो लोकदोहोरी एल्बम ‘तानसेन कसौली’ हो । जुन २०५५ मा बजारमा आएको थियो । त्यसपछि उनका ‘पिएन क्यापस’, ‘ब्युटी नम्बर वान’, ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’, ‘फोटो फिर्ता लेउ’, ‘अहिले नै गणतन्त्र आको छैन’, ‘लाउ चेली सिन्दुर लाउ’ जस्ता लोकदोहोरी गीत आए । उनलाई सांगीतिक क्षेत्रमा सर्वत्र चिनाउने काम भने ‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ बोलका लोकगीतले गरेको थियो । उनले अहिलेसम्म ५ दर्जनबढी गीत गाएका छन् ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार