कोरोना जितेको उहान



वशन्त पर्वको अघिल्लो दिन विहान एउटा निर्देशात्मक सन्देश जारी भयो, अबको १० घण्टा पछि उहान सहर वन्द रहनेछ । बजार, रेल, पानीजहाज, बस लगायतका सबै यातयातका साधनहरु अर्को सूचना जारी नहुँदासम्म पूर्णरुपमा वन्द । यो सन्देश सन् २०२० जनवरी २३ तारिखमा जारि गरिएको थियो । नेपालीले हरेक वैशाख १ गते नयाँ वर्ष मनाएझैं चीन र चीनियाँ जनता जनवरी २४ लाई नयाँ वर्ष अर्थात् वशन्त उत्सवको रुपमा मनाउने गर्दछन् । वशन्तोत्सवको पूर्वसन्ध्यामा जारी भएको उक्त सन्देश अवश्य पनि उहानवासीको निम्ति प्रीतिकर थिएन । नयाँ चाड मनाउन धुमधाम तयारीमा रहेका मध्यचीनस्थित हुपेई प्रान्तको विशाल राजधानी उहान सहरका एक करोड वीस लाख मानिसका निम्ति यो ठूलो चुनौतिको घडी थियो ।
डिसेम्वरको अन्त्यतिर उहान सहरमा सी–फूडमा काम गर्ने मानिसहरुमा केही अनौठो लक्षण भएको निमोनिया देखाप¥यो । उहान अधिकारीहरुले डिसेम्वर ३१ का दिन सहरमा नयाँ लक्षण सहितको निमोनियाका बिरामी बढिरहेको पुष्टि गरे । विशेषज्ञ सम्मिलित टोली दिन रात अध्ययन गर्दै जाँदा जनवरी ७ तारिखका दिन इन्फ्लुएन्जा रोगका जिवाणुहरु नोभेल कोरोना भाइरस (कोभिड–१९) भएको पत्ता लाउन सफल भयो । र, उनिहरुले यो अत्यन्त घातक महामारीको रुपमा फैलिन सक्ने वताए । बाहिरी दुनियाँबाट उहान सहर सम्पर्क विच्छेद भयो, उहान पूर्णरुपमा वन्द (लकडाउन) गरियो । जनवरीको २९ मा चीनका सबै ३१ प्रान्तमा स्वास्थ संकटकाल घोषणा गरियो । विश्व स्वास्थ संगठन (who) ले कोभिड–१९ विश्वब्यापी प्रकोपको रुपमा फैलिने जनाउँदै ३१ जनवरीमा “जनस्वास्थ संकटको अन्तर्राष्ट्रिय चासो”को घोषणा ग¥यो ।

साहसी र दृढ उहानवासी
दिनदुगुणा रात चौगुणा भाइरस संक्रमित बढिरहेका थिए । याङजी र हानसुई नदिबाट वहिरहेका हावाको झोक्काझैं उहान सहरका वस्तीवस्तीमा कारोना भाइरस फैलिरहेको थियो । कतिले ज्यान गुमाइरहेका थिए । उहान छिट्टै तंग्रिने लक्षण देखिएको थिएन । चौडा सडक खुला र सुनसान थियो । उहानवासी वन्दको पूर्व जानकार थिए । अघिल्लो दिननै सहर वन्दको सूचना थियो । तैपनि मानिसहरु धेरै अत्तालिएनन् । जथाभावी सहर छोडेर वाहिर गएनन् । जथाभावी मानिसहरु सहर छोडेर बाहिर जाँदा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले उहानवासीले अन्यत्र भाइरस फैलिनबाट रोक्ने साहसीक निर्णय गरे । उहाननै भाइरसबाट सबैभन्दा उच्च जोखिम भएको जान्दाजान्दै उनिहरु त्यहीं अनुशासित भएर बसे । उहानी जनताले रोग, भोक र सोकसँग लड्ने अदम्य साहस, संयमता तथा धैर्यताको उच्चतम प्रदर्शन गरे । विजयको निम्ति उनिहरुको यो कठोर कदम थियो ।

उहानवासीमा यस अघि पनि संकटसँग जुधेको र विजय प्राप्त गरेको अनुभव थियो । उनिहरुले सन् १९९८ मा आएको ठूलो बाढी जिते । सन् २००३ मा ‘सार्स’ महामारीको सामना गरे र सन् १९११ को उछाङ् क्रान्ति जिते । त्यसले चीनको अन्तिम सामन्ती वादशाहको अन्त्य ग¥यो, जसको अगुवाई उहानवासीले गरेका थिए । यि सबै अनुभवले उहानवासीमा कठोरतासँग लड्ने अदम्य साहस थियो । त्यसकारण उनिहरु भाइरस आफैभित्र थुनेर घरमै अनुशासित ‘एकान्तवास’ बसे र कोरोना नियन्त्रण कार्यमा उच्चमनोवलका साथ स्वयंसेवी भएर खट्ने काम गरे ।

दरिलो राष्ट्रिय एकता र आपसी सहयोग
विश्वसमुदाय अहिले कोरोना भाइरसले थला परेको समयमा उहान उठेको छ । कोरोना जननी उहान यति छिट्टै उठ्नुको पछाडि त्यहाँको दरिलो राष्ट्रिय एकता र जन–जन बीचको आपसी तालमेल तथा सहयोग महत्वपूर्ण छ । एकता र सहयोगले नै फेब्रुअरीको पहिलो साता नै केबल १० दिनमा एक हजार शैथ्याको अत्याधुनिक “हुओशनशान अस्पताल” तयार भयो । कठिन भइरहेको उपचार कार्य एकाएक सहज हुन थाल्यो । छिट्टै संक्रमित भन्दा निको हुनेको संख्या बढ्न थाल्यो । विशाल चीन भाइरस नियन्त्रणमा एकजुट भयो । चीनियाँ जनताको सामूहिक प्रयत्नविना छोटो अवधिमा त्यत्रो विशाल अस्पताल निर्माण के सम्भव थियो ? लाखौं उहानवासीको ब्यवस्थापन कति असहज हुन्थ्यो होला ?

चीनियाँ जनतामा उहानले जिते, हुपेइ प्रान्तले जित्ने र सिङ्गो चीनले जित्ने सामूहिक विश्वास र एकताको भावना थियो । त्यही एकताको भावनाले दिनरात नभनी देशका विभिन्न प्रान्तबाट उहानमा ठूल्ठूलो मात्रामा निर्माण सामाग्री, स्वास्थउपचार, लत्ताकपडा, खानेकुरा आदि पाठएर सहयोग गरे । विभिन्न स्रोतहरुका अनुसार देशको राजधानी बेइजिङ तथा शाङहाइ लगायतका सहरहरुबाट व्यापारीहरुले हेलिकोप्टर, ट्रक तथा मालवाहक साधनहरु मार्फत् स्वयंसेवी रुपमा अस्पताल निर्माणको निम्ति आवश्यक मालसामानको ब्यवस्थापन गरे । मध्यदक्षिण विश्वविद्यालयको सियान लगायत अस्पतालबाट स्वयंसेवी भएर सयौं स्वास्थकर्मीहरु उहान आए । उहानी जनताको सहयोगको निम्ति विभिन्न सहरबाट १५ हजार बढी स्वयंसेवकहरु उद्धार सामाग्री सहित आए । छतुन नगरका २० जना स्वास्थ स्वंसेवीहरुले वेलुका ७ बजेदेखि विहान ७ बजेसम्म १२ घण्टामा ३ लाख माक्स उत्पादन गरी उहान पठाए । उहानी जनतामा भोकको समस्या नहोस् र रोगप्रतिरोधात्मक क्षमता बढोस् भनी देशभरका जनताले प्रयाप्त खानेकुर पठाए । सोङ सिआन, वन छ्वान लगायत सहरका किसानहरुले रातदिन मेहनत गरी उत्पादन गरेको टनका टन आलु, लसुन, प्याज, बन्दागोवी लगायत हरियो तरकारी, ताजा फलफुल, माछा, मासु, अण्डा, दुध तथा अन्य पोषणयुक्त खानेकुराहरु पठाए । उनिहरुले रातभर तरकारी टिपेर उहान पठाइदिन्थे । देशभरका युवा–युवती, संचारकर्मी सबै परिचालित भए । विदेशमा भएका चीनियाँ संगठन र नागरिकले फेव्रुअरीको पहिलो साता अघि नै ठूलो मात्रामा एमआरवी, माक्स, भाइरस सुरक्षा कवच तथा लाखौं डलर कोरोना अस्पतालमा पठाए । त्यसैगरी स्वदेशमा रहेका उद्योग–वाणिज्य क्षेत्रले पनि ठूलो मात्रामा उपचार सामाग्री र नगद रकम संकलन गरी सहयोग गरे । यि त प्रतिनिधिमूलक हुन् । उहान र हुपेइका अन्य सहरभरी सहयोगको बाढी भयो । सिङगो सरकार र चीनियाँ जनता जनस्वास्थप्रति सचेत वन्दै आपसी एकता र सहयोगको भावना सहित भाइरस नियन्त्रण तथा रोकथाम कार्यमा सकृय भयो । दक्ष जनशक्ति र उच्च प्रविधिको भरपूर उपयोग गरियो । परिणामतः उहान र हुपेइ प्रान्तमा नै भाइरस लगभग सीमित हुन पुग्यो ।

सीपीसी र सरकारको तालमेल
जनवरी २० मा राष्ट्रपति सीचिनफिङ्ले चीनियाँ कम्युनिष्ट पार्टी, सरकार तथा संघसंस्थालाई कोरोना भाइरस रोक्न कडा निर्देशन जारी गर्नुभयो । उहाँको निर्देशनले एक अर्व चालिस करोड चीनियाँ जनतालाई तत्कालै भाइरस विरुद्ध लड्न सकृय र उत्प्रेरित वनायो । चीनियाँ कम्युनिष्ट पार्टीले महामारी नियन्त्रणलाई ठूलो महत्वका साथ लियो । पार्टीका नेता–कार्यकर्ताहरु महामारी नियन्त्रण तथा रोकथामको कार्यमा सकृयतापूर्वक जुटे । स्वास्थकर्मी–सुरक्षाकर्मी लगायत सरकारी कर्मचारीहरु रातदिन नभनी उपचार कार्यमा खटे । सफाइकर्मीले विहान ३ बजे नै आफ्नो काम शुरु गरिसकेका हुन्थे । सम्पूर्ण सरकारी संयन्त्र ब्यवस्थित रुपमा परिचालित भयो । समुदाय स्तरलाई परिचालित गरियो । राष्ट्रपति सीचिनफिङको अध्यक्षतामा जनवरी २५ तारिखमा चीनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैठक बस्यो । त्यसले स्थायी समितिको नेतृत्वमा एउटा ‘नेतृत्वदायी अग्र समूह’ गठन ग¥यो । यो समूहले ‘राष्ट्रिय स्वास्थ आयोग’ र अन्य ३२ निकाय संलग्न रहेको ‘महामारी रोकथाम तथा नियन्त्रणको संयुक्त समिति गठन ग¥यो । यस समूहद्वारा विभिन्न मन्त्रालयहरुसँग समन्वय गर्दै आवश्यक समितिहरुको निर्माण गरियो । यसरी भाइरस नियन्त्रण, रोकथाम तथा औषधोपचारको निम्ति आवश्यक सबै कामको ब्यवस्थापन गरियो ।

महाशक्तिराष्ट्र संयुक्तराज्य अमेरिका तथा बेलायत र युरोपका शक्तिसम्पन्न मुलुकहरु कोभिड–१९ नियन्त्रणमा चुकिरहेकाछन् । ति देशहरुमा हालसम्म पनि भाइरस नियन्त्रण हुन सकेको छैन् । चीनले तीन महिनाभित्रमा भाइरस नियन्त्रण ग¥यो । त्यहाँ मार्च यता फाट्टफुट्ट वाहेक संक्रमण देखिएको छैन् । ३१ प्रान्तमा १ अर्व ४० करोड जनसंख्या भएको विशाल चीनमा यो सानो लेख तयार गर्दासम्म जम्मा ८२,९२९ मानिस संक्रमित भए र ४,६३३ जनाको दुखद निधन हुन पुग्यो । वाँकी निको भएर घर फर्किसकेका छन् भने थोरै मात्र उपचारको क्रममा छन् । जसमध्ये हुपेइ प्रान्तमा मात्र संक्रमित संख्या ६८,१३४ र मृत्यु हुनेको संख्या ४,५१२ रहेको छ । त्यसभित्र पनि उहान सहरभित्र मात्र ५०,३३९ मानिस संक्रमित हुँदा ३,८६९ जना मानिसले यसबाट ज्यान गुमाउन पुगेका छन् । यसको अर्थ भाइरसलाई सीमित क्षेत्रभित्र नियन्त्रण गर्न चीनियाँ सरकार र कम्युनिष्ट पार्टीको नेतृत्व सफल देखियो । त्यहाँको सरकार र कम्युनिष्ट पार्टीले कोरोना महामारीलाई सीमित भूगोलभित्र कैद गर्न कुनै कसुर वाँकी राखेन ।

आज विश्वले कोरोना महामारीको दुःखद र क्रुर परिक्षाको सामना गरिरहँदा उहानले मुक्ति पाएको छ । उहानमा आज न लकडाउन (अप्रलि १० यता) छ नत संक्रमण । यसबाट सिङ्गो चीन र सम्पूर्ण चीनियाँ जनताले उच्च सफलता हासिल गरिरहेका छन् । चीन सरकार र कम्युनिष्ट पार्टीको आपसी समन्वय तथा एकता र समस्त नागरिकहरुको सहयोगनै यसको खास कारण हो ।
नेपालमा निषेधको खेल छ । वाग्मती उल्टो वगिरहेको छ । सत्तासिन पार्टी र तिनका मुख्य नेतृत्व आ–आफ्ना संकीर्ण स्वार्थमा अल्झिदा कोभिड–१९ काबु बाहिर गएको छ । एकता र सद्भाव कायम गर्दै कोरोना विरुद्धको लडार्इंमा अघि बढौं । राज्य जिम्मेवार र नागरिक अनुशासित भए कसो भाइरस नियन्त्रण नहोला । जसरी हरेक आँधी पछि इन्द्रेणी आएझैं । धन्यवाद !

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार