‘एक्सन किङ्ग’ निखिल उप्रेतीकाे आज जन्मदिन !



चलचित्र क्षेत्रमा हरेक कलाकारको एउटा यूग आउँछ । एक यूगमा उक्त कलाकारले आफूलाई बलियो तबरले प्रस्तुत गर्न सक्यो भने, दर्शकको मनमा फराकिलो स्थान पाउँछ । ‘पिजडा’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायक निखिल उप्रेतीले पनि यस्तै एउटा यूगको सुरुवात गरेका थिए । निखिल उप्रेतीले नेपाली चलचित्रमा एक्सन देखाउने स्टाइललाई नयाँ तरिकाले प्रस्तुत गरे ।

सो समयमा निखिल भन्ने वित्तिकै दर्जन बढी गुण्डासँग फाइट गर्ने, अग्लो स्थानबाट हाम फाल्ने हिरो भनेर चिनिन्थ्यो । सात तलाको विल्डिङबाट होस् या मुग्लिनको पुलबाट नै किन नहोस्, निखिलले एक्सनमा आफूलाई दरिलो रुपमा प्रस्तुत गरेका थिए । यसपछि नै निखिललाई ‘एक्सन किङ्ग’ भन्न थालिएको हो । आज पनि दर्शकले उनलाई यही उप–नामले चिन्छन् ।

आज नेपाली चलचित्रमा कथा भन्ने शैली फेरिएको छ । नायकको परिभाषा फेरिएको छ । तर, पनि पर्दामा निखिल आउने वित्तिकै दर्शक एक्सनकै अपेक्षा बढी गर्छन् । नेपाली चलचित्रका यी चर्चित नायक आज आफ्नो जन्मदिन मनाउँदैछन् । लकडाउनका कारण निखिलको जन्मदिन घरमै हुनेछ । पछिल्लो केही बर्ष यता निखिलको एक्सनमा दर्शकले नयाँपन खोजिरहेका छन् । अपेक्षा गरौ, नेपाली चलचित्रले निखिलबाट नयाँ शैलीको एक्सन नयाँ चलचित्रमा पाउनेछ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार