काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रावायण’ ले दर्शकको साथ पाउन सकेन। शुक्रबार उच्च शो पाएको ‘रावायण’ले आइतबारसम्म आउँदा भने दर्शकको साथ न्यून पाएको छ। ‘रावायण’ले अष्टनारायण लगायत केही हलमा शुक्रबार उत्साहजनक साथ पाए पनि त्यसयता दर्शकको उल्लेख्य उपस्थिति देखिएको छैन ।
काठमाडौं, भक्तपुर र ललितपुरका केन्द्रमा रहेका हलमा पनि बुकिङ खासै देखिएको छैन । ललितपुरको लाविम, सुन्धाराको सिभिल र भक्तपुरको भाटभटेनीस्थित क्यूएफएक्सका हलमा दर्शकले खासैधेरे बुकिङ गरेको देखिएको छैन ।
७ः४५ बजेको लाविममा शोमा ‘रावायण’का सांझ ६ बजेसम्म जम्मा १७ वटा टिकट मात्रै बुकिङ भएको छ । ५ बजेको शो मा १४ र सवा ३ बजेको शो मा जम्मा ३३ वटा टिकट बुकिङ भएको थियो ।
सिभिल मलको हलमा ७ बजेको शोको अवस्थापनि नाझुक छ । भक्तपुरको भाटभटेनीस्थिच हलमा ५ बजेको शोमा २ वटा टिकट बिक्री हुँदा २ बजेको शोमा २४ वटा टिकट बिक्री भएको छ ।
दरबार सिनेम्याक्समा २ वटा टिकट बिक्री हुँदा राइजिङ मलमा एउटा टिकट पनि बिक्री भएको छैन । सिटी स्क्वायर मलमा साढे ३ बजेको शोमा ४ र ७ः४५ को शोमा २४ वटा टिकट बिक्री भएको छ । ४९९ सिटक्षमता भएको हलमा जम्मा २४ वटा टिकटमात्रै बिक्री भएको हो ।
‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । यो चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाहीलगायत कलाकारको अभिनय छ ।
‘रावायण’मा सुदर्शन थापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।