काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले धेरै मानिसहरूले रिपोर्ट गरेपछि फेसबुकले आफै मेयर शाहको पेजको स्टाटस हटाएको बताएको छ। हटेको उक्त स्टाटस रिकभर गर्ने प्रयास भइरहेको मेयर शाहको सचिवालयले जनाएको छ।
मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले धेरै मानिसले एकसाथ रिपोर्ट गरेपछि फेसबुकले नै स्टाटस हटाइदिएको बताए। ‘धेरै रिपोर्ट भएपछि स्टाटस हटेको हो, सचिवालयले रिकभरको प्रयास गरिरहेको छ,’ उनले भने।
मेयर शाहले फेसबुक पेजबाट नेकपा (एमाले) लुम्बिनी प्रदेश सांसद रेखा शर्माको फोटो सहितको स्ट्याटस राखेका थिए। एमाले सांसद शर्माले बालशोषण गरेको र उनलाई पक्राउ गर्नुपर्ने भन्दै आइतबार स्ट्याटस राखेका थिए।
प्रकाशित मिति : २०८१ भाद्र १८ गते मङ्गलवार