गायिका विष्णु माझीको गीत ‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा प्रवेश गरेको छ। रिलिजसँगै चर्चामा रहेको गीतलाई ९ दिनमा (सोमबार दिउँसोसम्म) युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको हो।
यो गीतले सार्वजनिक भएको २४ घण्टामा युट्युबमा सबभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड बनाएको छ। गीतलाई सो अवधिमा झण्डै १५ लाख पटक हेरिएको थियो। यो गीत विष्णुको ‘चरी जेलैमा’ भन्दा छोटो समयमा करोड क्लबमा पुगेको हो। सो गीतले १३ दिनमा एक करोड भ्युज पाएको थियो।
‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा पुग्दा यसलाई २ लाख ९१ हजार लाइक मिलेको छ। कमेन्ट बक्समा २४ हजार ६ सय बढी प्रतिक्रिया आएका छन्। यो करोड क्लबमा पुग्ने यसपालिको एकमात्र तीज गीत हो। १७ मिनेट लामो गीत ‘पुलतीको भट्टी’ भाग २० का रूपमा स्रोता/दर्शकमाझ आएको हो।
प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार