पोखरा । गण्डकी प्रदेशमा सत्ता समीकरण फेरिए पनि स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे र माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा मन्त्री रहीरहने भएका छन् । उनीहरूलाई नेपाली कांग्रेसले आफ्नै कोटाबाट मन्त्री बनाउन लागेको हो ।
दुखका बेला साथ दिएको भन्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै जनालाई मन्त्रीमा निरन्तर राख्न लागेका हुन् । ‘उहाँहरूको बारेमा मेरो पार्टीमा कुरा राखेँ । संयुक्त कुरा पनि भयो,’ उनी भन्छन्, ‘एमाले थपिएपछि पनि क्याबिनेटमा २ जना रहनुहुन्छ । कांग्रेसको ५ वटा मन्त्रालयमै उहाँहरू अट्नुहुन्छ ।’
गण्डकीमा मंगलबारसम्म एमाले सरकारमा सहभागी हुनेछ । त्यसका लागि मन्त्रालयको संख्या थपेर ९ पुर्याइएको छ ।
प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार