ग्लोबल आइएमई बैंक नाफामा दोस्रो ठूलो बैंक



नाफा रकमको आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कमाउनेमध्ये दोस्रो ठूलो बैंक बनेको छ। गत आर्थिक वर्ष २०८०-८१ मा बैंकको नाफा ६ अर्ब एक करोड रूपैयाँ छ। अघिल्लो आर्थिक वर्ष २०७९-८० को सोही अवधिको तुलनामा यो ११ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ६९ करोड नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी घटेको र प्रावधानमा राखिने रकम बढेकोले नाफामा प्रभाव परेको हो।

बैंकको खुद ब्याज आम्दानी करिब २.७४ प्रतिशतले घटेर १६ अर्ब ६३ करोड रूपैयाँ पुगेको छ। यस्तै, यसअघि ३ अर्ब ४२ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक ३ अर्ब ७४ करोड राखेको छ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार