ललितपुरका एक जनामा हैजा पुष्टि, सतर्कता अपनाउन विज्ञको सुझाव



काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा फेला परेको छ । ललितपुरको गोदावरी नगरपालिका –१४ का १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उनको उपचार भइरहेको छ ।

१६ वर्षीय बालकमा हैजा पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डा. मुकेश पौडेलले जानकारी दिए । उनले खानेपानीमा ध्यान दिन सुझाव दिएका छन् । ‘हेण्डा हाइजिन, पानीको शुद्धीकरण, बाहिरको खाने कुरा र बाहिरको वातावरणमा दिशा पिसाब गर्नु भएन,’ उनले भने, ‘पानीबाट यो रोग सर्ने भएकाले खाने पानीमा विशेष ध्यान दिनु पर्‍यो।’

हैजाको लक्षणसहित उपचारका लागि शुक्रराज अस्पतालमा ल्याइएका ती बालकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कल्चर गराउँदा हैजा पुष्टि भएको डा. पौडेलले बताए ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार