काठमाण्डाैबाट हेटौँडा जोड्ने कान्ति लोकपथ खुल्याे



काठमाण्डाैबाट हेटौँडा जोड्ने कान्ति लोकपथ खुलेको छ । ललितपुरको बाग्मती गाउँपालिका–३ छपेलीमा गएराति गएको पहिरो हटाएर आज बिहानदेखि गाडी पुनः सञ्चालनमा आएकाे हाे ।

राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ । ललितपुरकाे छपेलीमा पहिरो जाँदा सोमवार बेलुका ९ बजेदेखि हेटौँडा–काठमाण्डाैतर्फको यातायात अवरुद्ध भएको थियो ।

यसैबीच त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र फाखेल–सिस्नेरी मातातीर्थ हुँदै काठमाडौँतर्फ जोड्ने सडकमा पनि आज बिहानदेखि गाडी सञ्चालन भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार