मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको मार्ग खुल्ला गर्ने तयारी गरेका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताएका हुन् ।
विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको बताउँदै उनले सत्ता गठबन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने जानकारी दिए । दलहरूसँगको छलफलका आधारमा एमाले कांग्रेस गठबन्धनबाट सरकार निर्माणका लागि बाटो खुल्ला गरिदिने उनको भनाई छ ।
प्रकाशित मिति : २०८१ असार ३० गते शनिवार