औषधि व्यवस्था विभागले ललितपुरको पाटन अस्पताल अगाडि रहेको एउटा औषधि पसल सिल गरेको छ। मंगलबार दिउँसो विभागबाट गएको अनुगमनको टोलीले श्रीराम औषधि पसलमा सिल गरेको हो।
अस्पताल भित्र किनेको औषधिले स्वास्थ्यमा सुधार भए पनि सस्तोमा पाउनेभएपछि उक्त पसलको औषधि किनेर प्रयोग गरेका एक बिरामीले सुधार नदेखिएपछि शंका लागेर विभागमा खबर गरेका थिए । शंका लागेर विभागलाई खबर पुगेपछि फार्मेसी अधिकृतसहितको टोलीले पसलमा अनुगमन गरेको छ।
अनुगमन गर्न पुगेका विभागका फार्मेसी अधिकृत सर्फराज अहम्मद खानका अनुसार बिरामीलाई बेचिएको ६ वटा औषधि फेला परेको छ। औषधिको गुणस्तर, नक्कलीरसक्कली भन्नेबारे ल्याब परीक्षणबाट मात्रै भन्न सकिने उनले बताए।
‘सक्कलीरनक्कली के हो हामी ल्याब परीक्षणका लागि पठाउँछौं, अहिलेलाई शंकास्पद भन्न पर्छ। रिपोर्टले बताउँछ यो के हो भनेर। अहिलेसम्म यो औषधि अनधिकृत माध्यमबाट आएको देखिन्छ। उहाँले खरिद बिल देखाउन सक्नुभएको छैन,’ अधिकृत खानले भने।