अब दक्षिण कोरियाले होटल-रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली कामदार लैजाने



दक्षिण कोरियाले होटल-रेस्टुरेन्ट क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको छ।

कोरियाले यसै वर्षदेखि सेवा क्षेत्रमा श्रमिक लैजाने प्रक्रिया सुरू भइसकेको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाका अधिकारीहरूले बताएका छन्।

यसअघि लामो समयदेखि कोरियाले नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा श्रमिक लैजाने गरेको थियो। त्यस्तै पानीजहाज बनाउने कामका लागि पनि नेपाली लिन थालेको थियो।

अब सेवा र वन क्षेत्रमा पनि श्रमिकहरू लैजाने भएको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार