“उपत्यकामा काेराेना जाेखिम कम गर्न तत्काल कान्ति लाेकपथ सिल गराैँ “



काठमाडौ उपत्यका हाल कोरोनाको उच्च जोखिममा छ । विश्व नै त्रसित भएको समयमा कोरोनाका कारण केही समय अघि मात्र काठमाडौ उपत्यकाको विभिन्न ठाउँबाट ३० हजार भन्दा बढि मानिस बागमती गाउँपालिका हुँदै कान्तिलोक पथबाट मकवानपुर , बारा , पर्सा , सिन्धुलि लगायत को जिल्लामा पदैल गएका थिए । अहिले सरकारले २६ वटा कलकारखाना सञ्चालन गर्ने निर्णय गरे अनुसार पुन: कान्तिलोक पथ हुँदै प्रहरीलाई छलेर केही तराईका जिल्लाबाट मानिसहरु पुन काठमाडौं आउन थालेका छन । संघीय सरकार, स्थानीय सरकार र प्रदेश सरकार लगायतका संम्बन्धित निकायले समयमा नै ध्यान पुराएर कान्तिलोक पथलाई तुरुन्तै सिल गर्नु पर्छ । अन्यथा छोटो दुरिको बाटो भएकाले पनि मानिसहरु काठमाण्डाै आउनका लागि यो बाटो प्रयोग गर्ने सम्भावना बढि हुन्छ । कान्ति लाेकपथ हुँदै उपत्यका भित्रने यात्रु बढेको खण्डमा बागमती गाउँपालिका र काठमाडौ उच्च जोखिममा पर्छ त्यसैले हामीले समयमा याे मार्ग सिल गर्नुको विकल्प छैन । तत्काल याे मार्गलाई सिल गरि काठमाण्डाैलाइ जोखिमबाट केही हदसम्म टाढा राख्न सकिन्छ ।

जाेखिम नियन्त्रणका लागि हाललाई काठमाडौ लगायत कान्तिलोक पथ नै पुरै सिल गर्नु को बिकल्प छैन । त्यसैले केही समयको लागि जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय प्रशासनसँगकाे सहकार्यमा हामीले याे क्षेत्रमा उच्च निगरानी अपनाउन जरुरत देखिन्छ । सबै काममा सरकारलाई मात्रै दाेषि देख्ने हामी याे लकडाउनकाे समयमा घरमै बसेर सरकारलाई समर्थन गर्न सक्छौ । याे लकडाउन हामी र हाम्रो स्वास्थ्यकाे लागि हाे भन्ने मानसिकता विकास गर्न सक्यौं भनेपनि धेरै हिसाबले काेराेनाले महामारीको रुप लिन सक्दैन । केही समस्या भएको खण्डमा स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्न सकिन्छ ।

पछिल्लो समय खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने बाहनामा धेरैले यात्रु ओसारपसार गर्ने गरेको हल्ला पनि चलेकाे छ । हामीले यसरी आफ्नो स्वास्थ्य माथि खेलबाड गर्ने गरि कुनै पनि गतिविधि गर्नु हुँदैन भन्ने मानसिकताकाे विकास चालकहरुमा पनि हुन जरुरी छ । राेगले जात,धर्म, लिङ्ग वा सम्बन्ध केही भन्दैन भन्ने हेक्का राखेर हामीले आफ्नो गतिविधिमा सचेतता अपनाउन आवश्यक छ । तत्काल उपत्यका छिर्ने एक नाका कान्ति लाेकपथ सिल गरेर जनस्वास्थ्यकाे हितमा सबैले काम गराैँ ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार