६० अर्बको बजेट ल्याउँदै बागमती प्रदेश सरकार



मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले करिब ६० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक सङ्कुचनले राजस्व सङ्कलन दर न्यून रहेको भन्दै प्रदेश सरकाले चालु आर्थिक वर्षकै हाराहारीको बजेट ल्याउने तयारी गरेको हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारको आयस्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण भइरहेको बताए । ठोस रूपमा बजेट कति अङ्कको आउँछ भन्नुभन्दा पनि चालु आर्थिक वर्षको अनुपातमा बजेट ल्याउने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार