म भारतबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाजुभाईहरूको समर्थनमा छु:नेता शाह



काठमाडौं बैशाख २९ | नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले मजदुरी अथवा अन्य कुनै कामको सिलसिलामा भारत गएका नेपालिहरुलाई नेपाल ल्याउन सरकार सँग माग गरेका छन। शाहले आज सामाजिक संजालमा एउटा बक्तब्य जारी गर्दै यस्तो माग गरेका हुन। उनले भारतमा रहेका नेपालीहरु निकै दुख कष्टमा रहेको भन्दै यस्तो बेला पनि सरकारले ती नागरिकलाई बेवास्ता गर्नु निकै निन्दनीय कुरा भएको जिकिर गरेका छन। शाहले भनेका छन”छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो”। तत्काल भारतमा भएका नेपालीलाई स्वदेश नफर्काए त्यसका विरुद्ध लड्ने पनि शाहले उद्घोष गरेका छन। उनले सिमा नाकासम्म आएकाहरुलाई देश भित्र्याउने र सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गर्नुपर्ने पनि बताए। युवा नेता शाह भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाज़ुभाईहरूको समर्थनमा रहेको पनि स्पष्ट पारेका छन। कांग्रेस युवा नेता शाहले जारी गरेको बक्तब्य यस्तो थियो:

भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूको सम्बन्धमा

संसार बन्द भएर धेरै मानिसहरूले दुःख पाएका छन ! छिमेकी भारतमा रहेका नेपालीहरूलाई सहजै ब्यबस्थापन गर्न सकिने परिस्थिति छ तर सरकारले ब्यवस्थापन गर्न सकिने परिस्थितिलाई ब्यबस्थापन गर्न चाहेको छैन यो अन्यायपूर्ण हो ! यसका बिरुद्ध अब लडन पर्छ ! किनकी भारतमा अलपत्र परेर नेपाल फर्किन चाहेका नेपाली दाजुभाईहरू निक़ै कष्टपूर्ण अबस्थामा पुगिसकेका छन ! ऊनीहरूको मागलाई प्राथमिकता दिनु पर्छ भनेको धेरै भयो ! अब ऊनीहरूलाई कुनै पनि अबस्थामा देश प्रबेश गर्न दीनु पर्छ ! किनकी सबैलाई आफनो घर यो तस्वीर जस्तै प्यारो लाग्छ !

सरकारले कोरोना परीक्षणको आफनो शक्ती बढ़ाओस र भारतीय सीमा तिर परिचालित गरोस ! किनकी भारत सरकारको चाहना र त्यहा रहेका दाजुभाईहरूको आफनो आबस्यकताले अब बोर्डर तिर बढ़ने छन ! बोर्डरको दबाव सरकारले थेग्न सक्ने छैन ! सिमाना नजिकका स्थानीय भारतीयले पनि नेपालीलाई नेपाल प्रबेश गर्ने कुरामा सघाउ पुर्याउने छन ! किनकी बोर्डर पारी नेपालीलाई पूर्याउदा ऊनीहरूले आफुलाई सुरक्षित मान्नु पर्ने परिस्थिति हूंछ त्यसैले सरकारले बोर्डरमा कोरोना परीक्षणको क्षमता बृद्धि गरोस ! हामी पनि भारतका विभिन्न प्रान्तबाट नेपाल फर्किन बोर्डर तिर लम्कि रहेका दाज़ुभाईहरूको समर्थनमा छौ !

कृपया – सरकार , ………. त्यसैले निशुल्क सुझाव दिन चाहांछौ – बेलैमा ध्यान पूर्याऊनुस !!

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार