नेदरल्याण्ड्स संकटमा, गुमायो आठौं विकेट



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा आठौं विकेट गुमाउँदै नेदरल्याण्ड्स संकटमा परेको छ ।

३३ औं ओभरको अन्तिम बलमा कुशल भुर्तेलले आर्यन दत्तलाई व्यक्तिगत १० रनमा भीम सार्कीको हातबाट क्याच गराएका हुन् । दत्त आउट हुँदा नेदरल्याण्ड्सले १२२ रन मात्र बनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार