आज कतारी रियल ३६.३६ ,साउदी अरेबियन रियाल ३५.४३ पुग्यो, मलेसियन रिंगिट २७.९१, अरु देशको कति पुग्यो हेर्नुहोस् !



मंगलबार अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ २१ पैसा पाइन्छ। सोमबार युरो एकको खरिददर १४० रुपैयाँ ४२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०५ पैसा तोकिएको थियो।

यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ। आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ६६ पैसा र बिक्रीमा ८५ रुपैयाँ ०५ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ३९ पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ८९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रुपैयाँ ९१ पैसा र बिक्रीमा २८ रुपैयाँ ०३ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२९ रुपैयाँ ७४ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ६८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ९३ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार