रञ्जु दर्शना पक्राउ



काठमाडौँ । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना पक्राउ परेकी छिन् । भारतले नेपालको भूमि अतिक्रमण गरेका विरोधमा मंगलबार दिउँसो राजधानी काठमाडौँमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेकी हुन् । दर्शनासहित अन्य दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशमा लागू गरिएको लकडाउनका बीचमा पनि काठमाडौँमा भारतको कदमको विरोधमा दैनिकरुपमा प्रदर्शन भइरहेका छन् । यसअघि आज कलंकीबाट अधिवक्ता सुरेन्द्र भण्डारी पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार