काठमाडौं, ३० बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार विहान ११ बजेका लागि स्थायी कमिटी बैठक बलाइएको जानकारी गराइएको छ । गत विहीबारका लागि स्थायी कमिटी बैठक तय भएको थियो, तर सचिवालय बैठकमा शीर्ष नेताहरूबीच एक मत हुन नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बीचमै उठेर हिँड्नुभएको थियो । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय बैठक निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक स्थगित गर्ने समझदारी गर्नुभएको थियो ।
प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार