ज्ञानेन्द्र शाही थापाथलीबाट पक्राउ !



काठमाडौं | ज्ञानेन्द्र शाही काठमाडौं थापाथलीबाट पक्राउ परेका छन । भारतले लिपुलेक र कालापानी मिचेकाे विरोधमा माइतीघर मण्डलामा विरोध सभा गर्न हिडेका ज्ञानेन्द्र शाही थापाथलीबाटै पक्राउ परेका छन । पछिल्लो समय भारतीय भुमि मिचेकाे विरोधमा काठमाडौं लगायत देशभर प्रदर्शन भइरहेको छ । यस्तै पुण्य गाैतम र जनआन्दोलनका घाइते नरनाथ गाैतम पनि पक्राउ परेका छन । प्रदर्शनकाे तयारी गरेको जानकारी पाए सँगै प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

यसअघि लिपुलेक अतिक्रमण गरेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् । लैनचौरस्थित भारतीय दूतावासअगाडि मंगलबार बिहान प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अतिक्रमणविरुद्ध प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको मानव अधिकार तथा शान्ति समाजका एक अभियन्ताले जानकारी दिए । प्रदर्शनमा उत्रिएकाहरूले ‘लिपुलेक सडक निर्माण तत्काल रोक’, ‘अतिक्रमण बन्द गर’ लगायत प्लेकार्ड बोकेर भारतीय रवैयाविरुद्ध प्रदर्शन गरेका थिए । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि यसको आलोचना भइरहेको छ । यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार