
काठमाडौँ- विद्यालय शिक्षा विधेयकको विरोध गर्दै नेपाल राहत शिक्षक संघ सशक्त आन्दोलनमा उत्रिने भएको छ।
संघले संविधान दिवस (असोज ३ )का दिन विद्यालय बन्द गर्ने र आन्दोलन गर्ने चेतावनी दिएको छ। संघले आफू मताहतका सबै जिल्लाका संघलाई समेत सर्कुलर गरेको छ।
सर्कुलरमा संघले भनेको छ, ‘पेसाको स्थायित्व र सुरक्षाका लागि काठमाडौँ मण्डलामा विद्यालय पोसाकमा बिहान १० बजे अनिवार्य उपस्थित हुनुहुन निर्देशन जारी गरिन्छ।’ अहिले सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेको छ।
प्रकाशित मिति : २०८० असोज १ गते सोमवार