एसिया कप : भारतमाथि बंगलादेशको रोमाञ्चक जित



एसिया कप २०२३ अन्तर्गत बंगलादेशले सान्त्वना जित हात पारेको छ। सुपर फोरमा लगातार दुई खेलमा पराजित भएपछि फाइनलमा पुग्न असफल भएको बंगलादेशले शुक्रबार कोलम्बोमा भारतलाई ६ रनले हरायो।

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछ्याएको भारत अन्तिम बल खेल्न बाँकी छदा २५९ रनमा अलआउट भयो।

अन्तिम ओभरमा भारतलाई जितका लागि १२ रन चाहिएको थियो भने एक विकेट बाँकी थियो। जसमा बंगलादेशका तान्जिम हसन सकिबले भारतका मोहमद सामीविरुद्ध पहिलो चार बलमा चार रन मात्र खर्चिए। पाँचौ बलमा सामी रनआउट भए।

त्यसअघि ४९ ओभरमा मुस्ताफिजुर रहमानले शार्दूल ठाकुरलाई ११ रन र अक्षर पटेललाई ४२ रन आउट गर्दा ५ रन दिएर २ विकेट लिएका थिए। जसका कारण खेल बंगलादेशको पक्षमा ढल्किएको थियो।

प्रकाशित मिति : २०८० भाद्र ३० गते शनिवार