हेटौँडा अस्पतालका डाक्टरद्वारा सामूहिक राजीनामा, मकवानपुरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा ठप्प



मकवानपुर । हेटौँडाको सञ्चो अस्पतालका दुई जना डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज हेटौँडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

हेटौँडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामूहिक रुपमा राजीनामा दिँदै कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएकका हुन्।

बिरामीको उपचार गरिरहेका बेला हाइ डिपेन्डेन्सी युनिट(एचडीयू) मै डाक्टरमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले आन्दोलन थालेका हुन् । अस्ति बिहान हेटौँडा–१ को सञ्चो अस्पतालमा डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापामाथि कुटपिट भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार